काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिराहको नवराजपुर गाउँपालिकाकी १७ वर्षीय रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि मृत्यु भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै उनले दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाए ।‘सरकारको तर्फबाट, म आफ्नो तर्फबाट यस घटनामा जति पनि मानिसहरू संलग्न छन् अपराधमा संलग्न भएका मानिसहरूलाई क्रियाशिलतापूर्वक खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारबाही गर्ने कुरामा पूर्ण प्रतिवद्ध छु र सम्मानित सदनमा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
गृहमन्त्री लेखकका अनुसार गत माघ ३० गते रिंकु कुमारी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।
फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाविरुद्ध पूरक जाहेरी परेको छ । जसमा अपहरण गरेर नियन्त्रणमा लिइ सामूहिक रुपमा जबरजस्ती करणी गरेर हत्या गरेको आरोप छ । त्यसमै पञ्चायतीद्जवारा लेनदेन गरी मिलापत्र गर्न खोजेको अन्तर्गतको कसूर पनि छ ।
ती आठै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये पञ्चायतीमा संलग्न तीन जना पक्राउ परिसकेका छन् । पीडकलाई पक्राउ गरेर छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक