बीवाईडी हाई–टेक विकमा पुगे चिनियाँ राजदूत

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०८१, १६ : १९
बीवाईडी हाई–टेक विकमा पुगे चिनियाँ राजदूत

काठमाडौँ । चिनियाँ राजदूत चेन सङले बीवाईडी हाई–टेक विक २०२५ को अवलोकन गरेका छन् । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले बिहीबारदेखि बीवाईडी हाई–टेक विक २०२५ को सुरु गरेको हो ।

राजदूत सङ प्रदर्शनीस्थलमा पुगेर  हाई–टेक विकबारे जानकारी लिनुका साथै प्रदर्शनीमा राखेका गाडीको टेस्ट ड्राइभ पनि गरेका थिए । इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९, र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ ।

यसअघि, नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको थियो ।