काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्न लागेको बताएका छन् ।
सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि उनले भने, ‘जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गर्ने तयारी भइरहेको छ ।
भूकम्पपछिको क्षतिको आकलन, पुर्ननिर्माण र पुनर्स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको लेखकले बताए । मन्त्रालयका अनुसार फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोटमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई को कार्यालय उद्घाटन गरिँदैछ ।
जाजरकोटमा २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भएको भूकम्पले ठुलो क्षति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १३ : ५०
लेखकबाट थप