सिन्धुली । सिन्धुलीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
दुधौली नगरपालिका–१४ बाँसबोटे घर भएका ६५ वर्षीय यमबहादुर सुनुवारको बुधबार रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बुधबार बिहान सुनुवार घाँस झार्नको लागि आफ्नै घरछेउमा रहेको बडहरको रुखमा चढेका थिए।
अचानक रुखबाट खस्दा गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि उदयपुरको कटारी नगर अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीउपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु