सुनसरी। सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका– ३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृत जानकारी हुने उनले बताए ।
घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताए । उनले घटनामा कोही दोषी देखिएमा निजलाई कानूनी कारबाही गरिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर दुई जनाको मृत्यु