कथासङ्ग्रह ब्रिटिश ओइदरमाथि अन्तरक्रिया

सफल खबर संवाददाता

शनिबार, १७ कार्तिक २०७५, १८ : २३
कथासङ्ग्रह ब्रिटिश ओइदरमाथि अन्तरक्रिया

भरतपुर । कथाकार रामहरि पौड्यालको कथासङ्ग्रह ब्रिटिश ओइदर  माथि आज नारायणगढमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
चितवन साहित्य परिषद्ले आज परिषद भवनमा एक कार्यक्रमको आयोजना गरी पौडेलको कथाकारिता बारे अन्तरक्रिया गरेको हो ।  परिषद् का सल्लाहकार केदारनाथ खनालको प्रमुख आतिथ्य तथा अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आयोजित कार्यक्रममा समालोचकहरू डा. केशव चालिसे र गणेश श्रमणले कथासङ्ग्रहको समीक्षा गरेका थिए । कार्यक्रममा साहित्यकारहरू जगन्नाथ पण्डित, बालकृष्ण थपलिया  , महेन्द्रराज पौडेल, रेशमलाल श्रेष्ठ , डा. एक नारायण पौडेल, एल बी क्षेत्री, लक्ष्मी बराललगायतले पौडेलको कथाकारितामा डायोस्परिक चेत, बेलायती परिवेश, मानवीय मूल्य, साइबर प्रभाव, विज्ञानका विकृति आदिबारे उल्लेख भएको बताएका छन् । 

लीला नर्मदा अधिकारीलाई 
चितवन साहित्य परिषद्ले प्रदान गर्दै आएको चिसाप लीला नर्मदा साहित्य पुरस्कार स्याङ्जाका कथाकार विश्वप्रेम अधिकारीलाई प्रदान गरिने भएको छ । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा आज बसेको बैठकले अधिकारीको कथासङ्ग्रह टिमुरको झोललाई प्रदान गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ । 
लक्ष्मी जयन्तीको अवसर पारी आगामी कार्तिक २० गते मंगलबार नगद रू ११ हज़ार ४५ सहित सम्मान गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस