काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपाली सेनाको पृतनापतिको बैठकले पनि देशमा सुरक्षा चुनौती बढेको बताएपछि गम्भीर हुनुपर्ने बताए ।
केबलकारको विषयलाई समयमा निराकरण गरेन भने विकराल रूप लिन सक्ने भनेको छ । मधेसको पहिचानको विषयलाई लिएर कुरा उठेको छ, त्यसलाई पनि चाँडै सम्बोधन गर्न सेनाले भनेको कारण देश गम्भीर मोडमा रहेको स्पष्ट भएको उनले बताए ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले भने– जब जब जनताले शासकको विरुद्ध गर्न थाल्छन् अनि शासकले त्यसको मुख बन्द गर्न खोज्छ । त्यसकै लागि सरकारले सामाजिक सञ्जाल सम्बन्धी अध्यादेश ल्याएको हो ।
सरकारले अध्यादेशबाट देश चलाउन खोजेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि संसद् विघटन गर्न खोजेको आरोप लगाए । यसअघि आफू सभामुख हुँदा पनि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न खोजेको बताउँदै प्रवक्ता सापकोटाले अहिलेको सरकार पूर्ण रूपमा असफल भएको दाबी गरे ।
जनताको विश्वास गुमाइसकेको हुनाले सरकारको दुर्दशा सुरु भइसकेको बताउँदै उनले प्रधानमन्त्री कार्यालयले नै प्रधानमन्त्रीको मूल्याङ्कन कम देखाएकोले पनि सरकार असफल भएको पुष्टि भएको टिप्पणी गरे ।
अब देशको रक्षाका लागि जनता नै उठ्ने बताउँदै उनले देशको अवस्था झनझन सङ्कटपूर्ण भइरहेकाले माओवादी सङ्गठित भइरहेको बताए । नेपालको अस्तित्वसँग र माओवादीको अस्तित्व जोडिएकाले जनतालाई विश्वास लिएर अगाडि बढ्नु पर्ने आवश्यकता आएको उनले बताए ।
अमेरिकाले युएसएड र एमससीको प्रोजेक्ट रोकेका कारण केही चुनौती भएपनि यसलाई अवसरको रूपमा लिनु पर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा
देश झन् बर्बादीतिर गयो, समाजवादमा जानुको विकल्प छैन : अग्नि सापकोटा
स्थायी कमिटी बैठकपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको छ: अग्नि सापकोटा
धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ: अग्नि सापकोटा
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !