काठमाडौं। मोटरसाइकल दुर्घटनामा परेर फागुन २ गते त्रिशुली नदीमा खसेका चितवनका रोहित रानाको शव भेटिएको छ ।
उनको शव आइतबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ जलबिरेस्थित कालीखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको इन्स्पेक्टर केसीले बताए ।
इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–१ रामपुर बस्दै आएका २७ वर्षीय राना फागुन २ गतेदेखि बेपत्ता थिए । बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका उनी फागुन २ गते दिउँसो करिब १२ बजेतिर दुर्घटनामा परेका थिए ।
मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोकिँदा उनी त्रिशुलीमा खसेका थिए । मोटरसाइकल भने सडकमै थियो । दुर्घटनास्थलमा उनको परिचयपत्र भेटिएको थियो । परिचयपत्र र मोटरसाइकलको आधारमा आफन्तले सनाखत गरेका थिए ।
भारतीय सेनामा कार्यरत राना बिदामा नेपाल आएको बेला दुर्घटनामा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते