नवलपरासी । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–३ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।
ना १ क ९१२९ नम्बरको टिपर दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका ६ फापरवारीका ३२ वर्षीय नरबहादुर बाइवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। वाइबा टिपर चालक हुन्।
पाल्पाबाट चुन ढुंगा लिएर नवलपुरको विनयी त्रिवेणी–१ होङसी सिमेन्टतर्फ आउँदै गरेको टिपर दुर्घटनामा परेको हो।
दुर्घटना विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगन्ज उपमहानगरपालिका २७ का ३० वर्षीय ताज महमद हावारी घाइते भएका छन्।
घाइते सबैको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते