काठमाडौं । गृहमन्त्री रमेश लेखकले लाेकतन्त्रकाे विकल्प नभएको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयाेजित सुदूरपश्चिम कानुन समाजकाे प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हुने बताउनुभयाे ।
"अहिलेकाे संविधानले लाेकतन्त्रलाई सुनिश्चित गरेकाे छ । यसकाे विकल्प खाेज्ने भनेकाे मुलुकलाई संकटमा धकेल्ने काम हाे । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणकाे डटेर सामना गर्नुपर्छ ," उहाँले भन्नुभयो । लाेकतन्त्रकाे रक्षा, संविधानकाे सुरक्षा र समावेशिताकाे सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनुभयाे ।
दश वर्षमा संविधानकाे अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षकाे विश्लेषण गरि संविधान संशोधनकाे तयारी भइरहेको उहाँले बताउनुभयो । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताकाे कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याउनुभयाे । कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उहाँको भनाइ छ । राज्यका सबै अंगमा सुदूरपश्चिमकाे उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेकाे उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक