काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली कांग्रेस प्युठानका केही व्यक्तिहरूले आफूविरुद्ध कुप्रचार गरिरहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद थापाले दिउँसै रात पार्ने प्रयास भइरहेको बताएका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले जिल्लाका प्रतिनिधि सभा सदस्य रहेका थापाले अनपेक्षित जितको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादा विपरीत अस्वाभाविक चरित्र देखाउने, बहुपार्टी सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाउने शृङ्खला जारी राखेको भन्दै विज्ञप्ति निकालेको थियो ।
उनले लेखेका छन्, ‘जहाँसम्म ‘जितको उन्माद’ भनिएको छ, यसले पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेर मैले जितेको त जीवित तथ्य नै हो, कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सके जति बल गर्नुभएकै हो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?’
उनले चालू आर्थिक वर्षमा बाग्दुला- मच्छी सडकको लागि आफ्नो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था रहेको जानकारी दिएका छन् । ‘यस बजेट शीर्षकमा कम्तीमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिस गरिरहेको छु,’ उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटर बाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौँ र ? अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा