काठमाडौं। बाराको एक सुधार केन्द्रमा रहेका युवकको हत्या भएको छ । शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका–१ भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा कलैया रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।
केन्द्रमा विवाद हुँदा मण्डलमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताए ।
उनका अनुसार मण्डल विगत १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए । राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी तामाङले बताए ।प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सर्राफ, महमद आशु मियाँ शेख, अरुण सर्राफ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ