काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश पारित हुने दाबी गरेका छन् । एमाले विज्ञान प्रविधि विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले विरोध भयो भन्दैमा कुनै अन्योलमा नपर्न आग्रह गरे ।
पोखरेलले भने, ‘अब अध्यादेशको विरोध भयो भन्दैमा सबै प्रयास असफल हुन्छ भन्ने नठान्नुहोला । प्रमुख पार्टीहरूले सचेततापूर्वक ल्याएको हो । त्यसैले हामी जसरी पनि टुंग्याउँछौं । त्यो रोकिनेवाला छैन । अनेक विकल्पहरू छन् ।’
उनले सरकारले प्रविधि क्षेत्रको सुधारका लागि पनि काम गरिरहेको बताए । ‘सरकारले एक दशलाई आईसीटीको दशक भनेर घोषणा गरेको छ । एक दशकमा कसरी के गर्ने भन्ने योजना बनाउन सकेको छैन । सरकारले घोषणा गरेको यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनुपर्छ भनेर लागेका छौं । सरकारले अहिले अध्यादेशका माध्यमबाट पनि यो क्षेत्रलाई सम्बोधन गर्न कोसिस गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटकको चुनावी उत्साहले दीर्घकालीन सफलता सुनिश्चित हुँदैन’ : शंकर पोखरेल
बालेन लहर हाम्रा लागि शिक्षा हो : शंकर पोखरेल
योगेशको भनाइको अधुरो अंश सम्प्रेषण भएको हुनसक्छ : शंकर पोखरेल
२८ हजार बढी मतान्तरले हारे शंकर पोखरेल
‘विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक’ : शंकर पोखरेल
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल