झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ।
एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बूको शव आफ्नै घरभित्र मंगलबार राति फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए।
सोमबारदेखि उनी सम्पर्कमा थिइनन्। छिमेकीले घरको झ्यालबाट हेर्दा गंगाकुमारी भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्याएकाे छ।
वडाध्यक्ष आङ्गबोका अनुसार गंगाकुमारीका श्रीमान भारतमा बस्दै आएका छन्। उनको मृत्युको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान सुरु गरिएकाे झिलझिले प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला