सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी संरक्षित भएको जिकिर गरेका छन्।मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन ।
जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’ यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रस्ट पारे ।
साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए । उनले भने, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे ।
त्यसैले अहिलेको सरकारले गलत गरे हेरेर नबस्ने प्रचण्डको भनाइ छ । ‘जस्तो गरेपनि सरकार टिकिरहोस् भन्ने त हैन तर सरकारप्रति माओवादीको कुनै चासो छैन,’ उनले भने, ‘हामी जनतामा छौँ, माओवादीलाई एक्लै चुनावमा जान सक्दैनन् भन्ने आरोप छ, त्यो गलत हो, उपनिर्वाचनले देखाइसकेको छ ।’माओवादी कसैको वैशाखीबिनाकै चुनाव लड्न सक्ने सामर्थ्य राख्ने पनि उनको भनाइ थियो ।
प्रचण्डले पार्टीभित्र अहिले कुनै समस्या नभएको प्रस्ट पारे । ‘विद्यार्थी संगठनको चुनावलाई लिएर मिडियामा आएको सबै विषय सत्य हैन,’ उनले भने, ‘सबै माओवादीकै विद्यार्थी हो । अहिले राम्रो काम गर्नेगरी अघि बढिरहनु भएको छ ।’
एमाले उपाध्यक्ष ‘बादल’ले जनयुद्धलाई ‘हिंसा’ भनेको विषयमा प्रचण्डले आफूले कुनै टिप्पणी गर्न नचाहने बताए ।
समाजवादी मोर्चामा रहेका दलहरूबिच पार्टी एकताको विषयमा छलफल भइरहेको पनि बताए । ‘अहिले हामी समाजवादी मोर्चामा छौँ, एकताको विषयमा पनि छलफल चलिरहेकै छ,’ प्रचण्डले भने, ‘यद्यपि अहिलेसम्म एकताको कुराले ठोस् आकार ग्रहण गरिसकेको अवस्था छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छ : अध्यक्ष प्रचण्ड
प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो, अख्तियारले प्रश्न जन्मायो : प्रचण्ड
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
राजावादी आपराधिक मानसिकता भएका मान्छे हुन् भन्ने पुष्टि भयो : माओवादी अध्यक्ष प्रचण्ड