काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा समस्या नहुने बताएका छन् ।
धनगढीमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि वाम गठबन्धन गर्ने संवादले सत्ता गठबन्धनमा कुनै समस्या नहुने उनको जिकिर गरेका हुन् ।
‘कुन नेताले कहाँ के बोल्छन् त्यो उहाँहरूको व्यक्तिगत र राजनीतिक कुरा हो तर संस्थागत रूपमा नेपाली काँग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन,’ लेखकले भने, ‘त्यो उहाँहरू दुई जनाबीचको राजनीतिक गफ होला तर त्यसले सरकारलाई कुनै समस्या छैन ।’
गृहमन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नभएको र दुई दलबीचको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म सरकार चल्ने बताए ।
सरकारले आफ्ना कामलाई गति दिने उद्देश्यले अध्यादेश ल्याएको बताउँदै लेखकले उचित समयमा संसदमा पेश गरेर पास हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक