महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्ड सञ्चालन

सफल खबर संवाददाता

विहीबार, १५ कार्तिक २०७५, १६ : ५९
महालक्ष्मी विकास बैंकको चिप प्रणालीमा आधारित EMV महालक्ष्मी भिजा डेबिट कार्ड सञ्चालन

काडमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित  EMV महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक Magnetic Stripe  प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै यस बैंकले चिप प्रणालीमा आधारित महालक्ष्मी भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।

बैकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुसँग रहेका सम्पूर्ण Magnetic Stripe प्रविधिका भिजा डेबिट कार्डलाई चिप प्रणालीमा आधारित  EMV महालक्ष्मी भिजा डेबिट कार्डले प्रतिस्थापना गर्ने योजना बनाएको छ ।  यसका अतिरिक्त यस बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने खुलासा गरेको छ । यस्ता उपकरणहरुमार्फत प्रदान गरिने बैकिङ्ग सेवा–सुविधा अझ प्रभावकारी हुने व्यहोरा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस