काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा प्रबन्ध मतदान केन्द्रसम्म पूर्ण रूपमा परिचालन भइसकेको गृह प्रशासनले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज आयोजित पत्रकार सम्मेलनमा मतदान प्रक्रिया भयरहित र व्यवस्थित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार मतदाताले स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न पाउने संवैधानिक हक सुरक्षित गरिएको छ। निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन सुरक्षा संयन्त्र समन्वित रूपमा खटिएको उल्लेख गर्दै उनले नागरिकलाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरे।
यसपटकको निर्वाचन केवल प्रतिनिधि चयनको औपचारिक अभ्यास मात्र नभई लोकतन्त्रको गुणस्तर अभिवृद्धि र राजनीतिक सुशासन सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा उनले राखेका छन्।
मतदान सम्पन्न भएपछि मतपेटिका संकलन र ढुवानीका लागि स्पष्ट सुरक्षा प्रोटोकल बनाइएको जानकारी दिँदै गृहमन्त्री अर्यालले त्यससम्बन्धी कार्यविधि अनुसूचीमै उल्लेख गरिएको बताए। उनका अनुसार मतपेटिका राखिएको सवारीसाधनको अगाडिको भागमा चालक र मतदान अधिकृत रहनेछन्। त्यसपछि मतपेटिका राखिनेछ भने सुरक्षाका लागि नेपाल प्रहरी तैनाथ हुनेछ। उम्मेदवारका प्रतिनिधिहरू प्रहरीको पछाडि बस्ने व्यवस्था मिलाइएको छ।
सुरक्षा आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सवारीसाधनले साथ दिनेछन्। परिस्थिति अनुसार नेपाली सेनाको सवारीले समेत एस्कर्ट उपलब्ध गराउन सक्ने उनले स्पष्ट पारेका छन्।
निर्वाचन अवधिमा सामाजिक सद्भाव खल्बल्याउने, धार्मिक वा साम्प्रदायिक तनाव भड्काउने तथा शान्ति सुरक्षामा अवरोध पुर्याउने गतिविधिमाथि निगरानी कडा पारिएको जानकारी दिँदै त्यस्ता प्रयास गर्ने जो–कोहीलाई कानुनबमोजिम नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता
‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो’ : गृहमन्त्री अर्याल
धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री अर्याल
निर्धक्क भएर फागुन २१ को मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आग्रह
भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी नहुने गृहमन्त्री अर्यालको दाबी
सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री अर्याल