काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक पेज बन्द भएको छ । लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेज बन्द भएको र यसमा कुनै पनि अनधिकृत पोष्टहरु नआउने र आए आधिकारिक नहुने जनाएको छ ।
अपिलमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेको जानकारी गराउँदछौँ ।’
यस्तो प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुक पेज मेटाद्वारा ‘लक’ गरिएको सचिवालयले जनाएको छ । पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने बताइएको छ ।
सचिवालयले पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि आग्रह गरेको छ । सचिवालयले फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन- २ मा तेस्रो पटक रवि लामिछाने विजयी
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने
सर्लाही–४ मा अमरेशको पक्षमा चुनाव प्रचार गर्न आज जाँदै रवि लामिछाने
सडक यात्रा सुरक्षित बनाउन विगतका सरकारले चासो दिएनन्, हामी गम्भीर छौँ’ : रवि लामिछाने
भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा मलाई दुख दिइयो : रवि लामिछाने