काठमाडौँ। इरानसँग जोडिएको ड्रोन आक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भएका नेपाली नागरिकको विवरण सार्वजनिक गरिएको छ। अबुधाबीस्थित नेपाली नियोगले प्राप्त आधिकारिक सूचनाका आधारमा मृतकको पहिचान पुष्टि गरेको हो।
संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालय बाट प्राप्त जानकारीअनुसार गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ उक्त घटनामा परी ज्यान गुमाएका हुन्। उनी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा संलग्न सुरक्षा व्यवस्थापन कार्यमा कार्यरत थिए।
अबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा उनी ‘मिडिल इस्ट कम्पनी’ मा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको उल्लेख छ। घटनासम्बन्धी थप विवरण सम्बन्धित निकायहरूसँग समन्वय गरी संकलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न
अमेरिका–इरानसँग असल मनसायका साथ वार्तामा बस्न राष्ट्रसंघका महासचिवको अपिल
इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि इस्लामाबाद पुगे