काठमाडौँ । निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको ट्रक दुर्घटनामा परि रामेछापमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
घाइते अवस्थामा सदरमुकाम मन्थलीस्थित मन्थली अस्पताल ल्याइएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मन्थली अस्पतालमा उपचारकै क्रममा ज्यान गुमाउने व्यक्ति डोरप्रसाद घिमिरे रहेको बताइएको छ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार उनी रामेछाप नगरपालिका-२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृत थिए । मृतक घिमिरे मन्थली नगरपालिका-७ स्थित रूद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत रहेको जनाइएको छ। सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको निशान ट्रक रामेछाप नगरपालिका-२ स्थित वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेको थियो।
दुर्घटनामा घाइते भएका मध्ये तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। यसअघि दुर्घटना स्थलमै नेपाल प्रहरीका असई आरपी यादवको मृत्यु भएको भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, १९ : २८
लेखकबाट थप