काठमाडौं। संखुवासभाको मकालु गाउँपालिका- ५ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले शनिबार ३० वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनको घरमा खानतलासी गर्दा लोड गरेर राखिएको भरुवा बन्दुक १ थान र बन्दुकमा प्रयोग हुने बारुदसहितका सामग्री बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ