‘कम उमेरको यौनसम्पर्कले पाठेघरको मुखको क्यान्सर हुन्छ’

विहीबार, १५ कार्तिक २०७५, १५ : २६
‘कम उमेरको यौनसम्पर्कले पाठेघरको मुखको क्यान्सर हुन्छ’

चितवन । संसारभर बर्षेनी करिब ५ लाख महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुन्छन्। यसमध्ये प्रत्येक मिनेटमा २ महिलाको र बर्षेनी करिब २ लाख महिलाहरुले ज्यान गुमाउँछन् । बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्रोतका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी (अग्रणी स्थानमा) पाइएको छ । देशको विकास, समृद्धि र सुधारिएको स्वास्थय नीतिसँगै विकसित मुलुकहरुमा यो क्यान्सर घट्दो स्थितिमा भए पनि नेपालमा भने अझै प्रमुख क्यान्सरको रुपमा यथावत नै छ ।
पाठेघरको मुखको क्यान्सरका प्रमुख कारण भनेको  (ह्युमन पपिलोमा भाइसर) नामक सुक्ष्म जीवको संक्रमण मानिन्छ । अध्यययनहरुले ९० प्रतिशत भन्दा बढी पाठेघरको मुखको क्यान्सरमा एचपिभि भाईरसको संक्रमण रहेको प्रमाणित गरेको छ ।
यो संसारमा सुक्ष्म जीवाणु १ सय किसिमभन्दा बढी छन् । तीमध्ये करिब ३० किसिमका एचपिभि को संक्रमणले मानव शरीरमा रोग गराउन सक्छ । पाठेघरको मुखको क्यान्सरको सवालमा भने एचपिभि १६ र १८ प्रमुख हुन्छन् ।
एचपिभि भाइरसको संक्रमण किशोरी अवस्थामा यौन सम्पर्कको सुरुवातबाट प्रारम्भ हुन्छ । एचपिभिको संक्रमण निरन्तरता पाएमा पाठेघरको मुखको क्यान्सर हुन करिब १० बर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।
पाठघरको मुखको क्यान्सरका अन्य कारणहरु :
कम उमेरमा यौनसम्पर्क गर्नु
कम उमेरमा विवाह तथा यौनसम्पर्क सुरु गर्नु
दुई वा बढी पुरुषसँग यौनसम्पर्क गर्नु ।
कम उमेरमा बच्चा जन्माउनु ।
बढी सन्तान जन्माउनु ।
चुरोट, बिँडी, खैनीजस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु।
पिल्स चक्की पाँचबर्षभन्दा बढी निरन्तररुपमा प्रयोग गर्नाले ।
–डा. जितेन्द्र परियार, प्रजननरोग विषेशज्ञ

 

प्रतिक्रिया दिनुहोस