काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति निकालेर बिहीबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयवाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।
यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा थियो । स्थानीय तहमा रिक्त रहेका ४४ पदका लागि गत १६ मंसिरमा उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकोले नियमित मतदाता नामावली दर्ता तवा अद्यावधिक कार्य सुरु गरिएको आयोगले जनाएको छ ।कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवेदन दिन सक्छन् ।
यसका लागि आवश्यक प्रमाण सहित आयोगको वेवसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गर्न सकिन्छ ।त्यस्तो व्यक्तिको नाम र स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ । नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत प्रविष्ट गर्नुपर्दछ ।
कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउन सक्छन् । मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी कार्य गर्नका लागि आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सिबाट सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता
८५ पुग्यो बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : निर्वाचन आयोग
मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ: निर्वाचन आयोग
बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने