काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । ‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ । सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,’ बैठकमा उनले भनिन्, ‘यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिएकी छिन् । ‘युवालाई बोलाउनुस्, पेलेरै यो सदनबाट विधेयक पारित हुन्छ भन्ने हामीले देखेका पनि छौं । कन्टेन्ट क्रियसन भनेको के हो ? सोसल मिडियाका सामान्य कुराहरू पनि नबुझेर सरकारले यो विधेयक ल्याएको छ,’ उनले भनिन् ।
सबै सांसदहरूले युवाहरूको आवजलाई उठाउनपर्ने सांसद श्रेष्ठको भनाइ थियो । युवाहरूलाई आग्रह गर्दै उनले भनिन्, ‘तपाईंहरूको आवाज यो सदनले सुन्नैपर्छ । अब सबै सांसदले युवाको आवाज सुन्न दिने ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने