काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उनले यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
“ऐतिहासिक रुपातालको आफ्नै महत्त्व छ, जनशक्ति थप गरेर समयमा गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्”, मन्त्री खड्काले भने । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालयले आवश्यक समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।
तालमा हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले पाँच सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । एक सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँधेपछि एक सय ८३ हेक्टरको हुनेछ ।
तालको वरपर पैदल मार्ग निर्माण गर्न एक हजार एक सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म नौ सय रोपनी अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।
अनुगमनमा ऊर्जामन्त्री खड्कासँगै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न अनुमति
कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
मनोनयन प्रक्रियामा सहभागी हुन दीपक खड्काको आग्रह
दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर
जग्गा खाली गर्न दीपक खड्कालाई नेपाल स्काउटको ७ दिने अल्टिमेटम, नहटाए सबै सामान जफत गरिने
सुटुक्क विदेश भागेका भनिएका पूर्व उर्जामन्त्री आफ्नै निवासमा देखिए