एजेन्सी । स्विडेनको एक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ। यसरी मर्नेमा शङ्कास्पद आक्रमणकारी पनि छन्।
राजधानी स्टक होमको पश्चिममा रहेको रिस्कबर्गका विद्यालयमा भएको आक्रमणलाई अहिले सम्मकै ठुलो मास सुटिङ भएको प्रधानमन्त्री उल्फ क्रिफ टेरेसनले बताएका छन्।
प्रहरीका अनुसार आक्रमण गर्ने ती व्यक्ति पनि मारिएका छन्। उनको लक्ष्य तथा विगत सबै खुलेका छैनन्। धरै जना घाइते भएका कारण मर्नेको सङ्ख्या अझै धेरै हुनसक्ने जनाइएको छ। प्रहरीले आक्रमणपछि कुनै आतङ्कवादी समूहको संलग्नता नभएको अनुमान गरेको छ।
मंगलबार घटना भए लगत्तै कानुनमन्त्री तथा प्रधानमन्त्री त्यहाँ पुगेर समवेदना व्यक्त गरेका थिए। घाइतेको उपचारका लागि तत्काल अस्पतालको आइसियु खाली गरिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ माघ २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’