एजेन्सी । वेस्ट हाममाथि २-१ को कम ब्याक जितसहित चेल्सी इङ्लिस प्रिमियरसीपको अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ।
शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर सिटी र न्यु क्यासल युनाइटेड दुवैले यस साता पराजयको सामना गरेपछि चेल्सी जितसहित चौथो स्थानमा उक्लेको हो।
खेलको पहिलो हाफमा ग्यारोड बोअनको गोलमा वेस्ट हामले अग्रता लिएको थियो। ६४ औँ मिनेटमा चेल्सीका पेड्रो नेटोले बराबरी गोल गरेका थिए।
एरोन भान विसाकाले कोल पालमरको क्रसलाई रोक्ने प्रयास गर्दा आत्मघाती गोल भएपछि चेल्सीले सफलता पाएको हो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ माघ २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चेल्सीको पोस्टमा एभर्टनको तीन गोल
काराबाओ कप : सेमिफाइनलमा आर्सनल र चेल्सीको भिडन्त
चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि