मध्यभोटेकोशी जलविद्युत आयोजनाले कात्तिक २८ देखि शेयर निष्काशन गर्ने

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०७५, १९ : १७
मध्यभोटेकोशी जलविद्युत आयोजनाले कात्तिक २८ देखि शेयर निष्काशन गर्ने

काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत आयोजनाले पहिलो चरणमा कात्तिक २८ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । 
सिन्धुपाञ्चोलमा १ सय २ मेगावाट क्षमताको जलबिद्युत आयोजनाका लागि कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि १ करोड १७ लाख,  संस्थापक संगठित संस्थाका कर्मचारीलागि २१ लाख  र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता गरी  १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्न लागिएको हो । शेयर निष्काशनका लागि कात्तिक १५ गते आवाहनपत्र प्रकाशित हुने छ । कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् । सबै आवेदकहरुले सी–आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउने व्यवस्था गरिएको छ । 
दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकबासीका लागि ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने योजना कम्पनीको छ । त्यसपछि तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरिने बताइएको छ । अहिलेसम्म मध्य भोटेकोशीको ब“ाध स्थलमा खन्ने र स्लेभ निर्माणको काम सम्मन्न गरी मुख्यबाँध निमार्ण गर्न रिभर डाइभर्सनको कार्य भइरहेको आयोजनाले जनाएको छ । ७ हजार १ सय २६ मिटर लामो सुरुङमध्ये ४ हजार ६० मिटर सुरुङ खन्ने काम सकिसकेकाले बाकी कार्य पनि चार पेसबाट भइरहेको छ । आयोजनाले  २०७६  असार १६ बाट बिद्युत उत्पादन गर्ने लक्ष्य दिइएको छ । यस्तै माथिल्लो तामाकोसी जलबिद्युत परियोजनाको व्यवसायिक उत्पादन एक वर्ष पछाडि धकेलिएको छ । पुसमा सञ्चालनमा आउनु पर्ने भएपनि २०७६ कात्तिकमा व्यवसायिक सञ्चालनमा आउने आयोजनाका प्रमुख कार्यकारी विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भूकम्प र नकाबन्दीले  निमार्णमा ढिलाई भएको बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस