काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणका लागि दुई ठुला दल मिलेर सरकार गठन गरेको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पुरा गर्न सरकारले काम गरिरहेको बताए ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताको आधारमा काम गरिरहेको बताए । प्रदेश सरकारको काम सरल र सहज बनाउन जिआइ ओएमएस सिस्टम जडान भएको उनले बताए । प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गरी निर्णय कार्यान्वयनको लागि अघि बढाइएको उनको भनाई छ ।
‘विपद्बाट प्रभावित नागरिकको लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको काम तीव्रता दिइएको छ ।’ उनले भने, ‘प्रदेश राजधानी र सङ्घीय राजधानी सहित प्रदेश अन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणमा काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैंक निर्माण गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको उनले बताए । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश कितावखानालाई सक्रियतापूर्वक कर्मचारीहरूको तथ्याङ्क अद्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की