काठमाडौं । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागेको हो ।
२२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको कास्कीका कांग्रेस सभापति किशोरदत्त बरालले अनलाइनखबरलाई जानकारी गराए । प्रशिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने बरालले जानकारी गराए।
स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागी हुने भएका छन् । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुनेछन् ।
कांग्रेसको विधान अनुुसार सबै तहमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने व्यवस्था छ । ‘उद्धघाट्न, भाषणको समय धेरै समय हुँदैन । प्रशिक्षणका वक्ताहरुले बोल्ने कार्यक्रम धेरै समय हुन्छ,’ बरालले भने ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रको प्रमुख उपसभापति खड्का छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप