एजेन्सी । प्यालेष्टिनी सशस्त्र समूह हमासले बिहिबार थप ८ जना बन्दी रिहा गर्दैछ । टाइम्स अफ इजरायलमा छापिएको समाचारका अनुसार हमासले युद्धविराम सम्झौता अन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्दैछ ।
पत्रिकाका अनुसार हमासले दिएको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज छन् । रिह गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।
गाजामा हमासको कब्जामा ८ जना थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् । थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको इजरायलले भनेको छ । नेपाली विपिन जोशीको बारे अहिलेसम्म केही पनि भनिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो