काठमाडौँ । नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले संसदमा सार्वजनिक जरुरी महत्वको प्रस्ताव दर्ता गराएकी छन् । उनले प्रमुख पाँच दलका सांसदको समर्थनमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईई)सँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा दर्ता गराएकी हुन् ।
उक्त प्रस्तावको समर्थकमा एमालेकै सांसद ठाकुरप्रसाद गैरे, नेपाली काँग्रेसका सांसद प्रतिमा गौतम, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक सांसद निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक सांसद बिना लामा रहेका छन् ।
नेपालमा पर्यावरण कानूनको संरचना भए पनि वातावरणीय लेखा परीक्षणमा कानूनी संरचना नरहेको र यसले गर्दा वातावरणीय लेखा परीक्षणलाई कानूनी रूपमा अनिवार्य बनाउन आवश्यक रहेको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको प्रस्तावमा उल्लेख छ । जसमा महालेखा परीक्षकको कार्यालयले तयार पारेको मार्गदर्शकले वातावरणीय लेखा परीक्षणको प्रक्रियालाई परिभाषित गरेको, तर यसलाई विधायिकी कानूनले निर्देश र विस्तार गर्न आवश्यक रहेको भनिएको छ ।
आजको आवश्यकतालाई महालेखाको महार्गदर्शनले धान्ने अवस्था नरहेको भन्दै प्रस्ताव दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख छ । दिगो विकास र वातावरणीय संरक्षणको सिद्धान्तमा आधारित संरचनाको आवश्यकता तत्कालै देखिएको र जसमा वातावरणीय संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम राख्न र उद्योगको सुनिश्चित गर्न कानूनी संरचना निर्माण गर्नु अत्यावश्यक रहेको प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं