काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे पार्टी कार्यालय च:मतिमा बस्नेछ ।
पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ । दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् ।
पार्टी विधानको दफा १३ (१) बमोजिम बैठक बोलाइएको रास्वपा सांसदहरूले बताएका छन् । बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ । संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ ।
बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने नेताहरूले बताएका छन् । रास्वपाले सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको बताउँदै आएको छ ।
अध्यादेशका अन्तर्वस्तुमाथि भने गुण र दोषका आधारमा बहस गर्ने रास्वपा नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाधिवेशनपछि रवि–बालेनबीच भेट भएन, फोनमै संवाद
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार