काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका महासचिव घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने भएको छ । अध्यक्ष माधव नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा आन्दोलनबाट पार्टी निर्माण गर्ने प्रस्ताव अघि सारेका हुन् ।
‘पार्टीको तात्कालिक कार्ययोजनाका रूपमा आन्दोलनलाई केन्द्रमा राखेर विचार तथा संगठनका कामलाई सँगसँगै अगाडि बढाउने अवधारणाअनुरूप स्थायी कमिटीले आन्दोलनद्वारा पार्टी निर्माण’ प्रस्ताव अगाडि सारेको छ’, अपानिमा भनिएको छ, ‘आगामी केन्द्रीय कमिटीको बैठकमा त्यसको विस्तृत योजनामा छलफल गरिनेछ ।’
पार्टीको तात्कालिक कार्य योजनाअनुरूप पार्टीद्वारा सञ्चालन गरिने आन्दोलनको संयोजन महासचिव भुसालले गर्ने र सचिव स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ रहने उल्लेख छ ।
आन्दोलन संयोजन समितिको संरचनालाई पनि अब बस्ने केन्द्रीय कमिटी बैठकले पूर्णता दिने उल्लेख छ । नेकपा एसले केन्द्रीय कमिटीको बैठक यही महिनाको अन्तिममा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल