तिहारले बढायो बजार चहलपहल

ज्योती तिलाञ्जलि

मंगलबार, १३ कार्तिक २०७५, १९ : २२
तिहारले बढायो बजार चहलपहल

काठमाडौँ । दशैँमा करिब २० लाखभन्दा बढी मानिस बाहिरिएर सुनसानजस्तै रहेको काठमाडौँ उपत्यकाको बजार तिहारको आगमनसँगै फेरि भीड हुन थालेको छ । दशैँका लागि गाउँघर गएका मानिसहरु कर्मथलो फर्किएका र तिहार नजिकिएकाले पनि बजारको चहलपहल बढ्न थालेको हो । 
गत शनिबारतिरबाटै बजारमा तिहारको सामान किन्नेको भीड लागेको कुरा असनका व्यापारीहरुले जनाएका छन् । विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्यूरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको व्यापारीहरुको भनाइ छ । लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल देखिन्छ । त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल हुन थालेको इन्द्रचोकका व्यापारी मणिरत्न तुलाधरले जनाएका छन् । यी क्षेत्र लगायत उपत्यकाका अन्य क्षेत्रहरुमा पनि चहलपहल सुरु भएको पाइन्छ । 
 

प्रतिक्रिया दिनुहोस