एजेन्सी । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ।
इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोल अन्तरले जितेको हो।
सिटीको जितमा जोस्को ग्भार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले एक/एक गोल गरे। चेल्सीमाथिको जितसँगै सिटी अंक तालिकाको शीर्ष चारमा फर्किएको छ।
लिगमा २३ खेलबाट ४१ अंक बनाएको सिटीले १२ खेलमा जित, १५ खेलमा बराबरी र ६ खेलमा हार भोगेको छ।
समान ४१ अंक नै भएको न्युक्यासलले उस्तै नतिजामा अंक तालिकाको पाँचौँ स्थानमा छ। यी दुई टोली शीर्ष पाँचमा अटाउन सर्घष गर्दै छन्।
समान खेलबाट ४० अंक भएको चेल्सी भने छैटौँ स्थानमा छ। गएराति नै भएको खेलमा न्यु क्यासलले भने साउथहेप्टनलाई ३–१ ले हराएको थियो।
अर्को खेलमा वर्नमाउथले नटिङघम फरेस्टलाई ५–० ले तथा एभर्टनले ब्राइटनलाई १–० ले पाखा लगायो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १३ माघ २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चेल्सीको पोस्टमा एभर्टनको तीन गोल
काराबाओ कप : सेमिफाइनलमा आर्सनल र चेल्सीको भिडन्त
चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि