काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-४ घर भएका हाल काठमाडौँ नागार्जुन नगरपालिका-१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छन् ।
काठमाडौँ महानगरपालिका-३ लाजिम्पाटस्थित ईनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते एक जना व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाई उनीहरू फरार भएका थिए । फरार भएपछि अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ