काठमाडौं । गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
माइतिघरमा बस्दै आएकी अर्याललाई मालिका गाउँपालिका वडानम्बर–४ स्थित देउराली पिस पार्कको पश्चिम गेटमा सरसफाइको काम गर्ने निमलाल अर्याललले अचेत अवस्थामा फेला परेको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।
महिलाले अत्याधिक मापसे गरी हिंड्ने गरेको र विगत ७ वर्षदेखि माइतिघरमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि डिएसपी दाहालको कमाण्डमा प्रहरी खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ