काठमाडौं । गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
माइतिघरमा बस्दै आएकी अर्याललाई मालिका गाउँपालिका वडानम्बर–४ स्थित देउराली पिस पार्कको पश्चिम गेटमा सरसफाइको काम गर्ने निमलाल अर्याललले अचेत अवस्थामा फेला परेको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।
महिलाले अत्याधिक मापसे गरी हिंड्ने गरेको र विगत ७ वर्षदेखि माइतिघरमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि डिएसपी दाहालको कमाण्डमा प्रहरी खटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ
पाल्पामा एक महिला मृतावस्था फेला
बझाङमा एक महिलाको शव फेला
सङ्खुवासभामा महिलाको शव फेला
महिलालाई सीप सिकाउँदै स्थानीय तह