काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई काम गरेर देखाउन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू फर्केपछि मन्त्री यादवले नानाथरी आरोप लगाएको भन्दै यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘खानेपानी मन्त्रीले मैले थोत्रे गाग्री लिएर आएकोमा गुनासो पोख्दै हिजो (शुक्रबार) दिनभरि बर्बराएछ। नहुने आरोप नि लाइराखेको देखेँ। मेरो सामुन्ने बहस गर्दा हुन्थ्यो तर यसरी म फर्किसकेपछि बर्बराएको सुहाएन। अब बर्बराउन छोडेर काम गर है। काम गरेर देखाऊ, बधाइ दिनेछु। होइन भने जनताले मूल्याङ्कन गर्ने नै छन्।’ शुक्रबार मन्त्री यादवले साम्पाङमाथि नाटक गरेको आरोप लगाएका थिए। धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौं आएर मन्त्री यादवसँग भेट गरेका थिए। तर, सिंहदरबारको गेटमा प्रहरीले गाग्री भित्र लैजान नदिएर नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
सुनसरी-१ बाटै चुनाव लड्ने हर्क साम्पाङको घोषणा
बालेन जहाँबाट उठे पनि चुनाव हराउने हर्क साम्पाङको चेतावनी
श्रम संस्कृति पार्टी कसैसँग नमिल्ने हर्क साम्पाङको स्पष्टीकरण
बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिलाई हर्क साम्पाङले यसरी हाँसोमा उडाए