काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई काम गरेर देखाउन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू फर्केपछि मन्त्री यादवले नानाथरी आरोप लगाएको भन्दै यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘खानेपानी मन्त्रीले मैले थोत्रे गाग्री लिएर आएकोमा गुनासो पोख्दै हिजो (शुक्रबार) दिनभरि बर्बराएछ। नहुने आरोप नि लाइराखेको देखेँ। मेरो सामुन्ने बहस गर्दा हुन्थ्यो तर यसरी म फर्किसकेपछि बर्बराएको सुहाएन। अब बर्बराउन छोडेर काम गर है। काम गरेर देखाऊ, बधाइ दिनेछु। होइन भने जनताले मूल्याङ्कन गर्ने नै छन्।’ शुक्रबार मन्त्री यादवले साम्पाङमाथि नाटक गरेको आरोप लगाएका थिए। धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौं आएर मन्त्री यादवसँग भेट गरेका थिए। तर, सिंहदरबारको गेटमा प्रहरीले गाग्री भित्र लैजान नदिएर नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
प्लेकार्ड बोकेर आज पनि उभिए हर्क