काठमाडौं । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्रदेशका स्वास्थ्य सेवा र व्यवस्थापनलाई सुधार गर्न संघीय सरकारसँग सहकार्य र समन्वय अत्यावश्यक रहेको बताएका छन् ।
उनले स्वास्थ्य सेवा सञ्चालन, व्यवस्थापन, र पहुँच सुधारसम्बन्धी ठोस सुझावहरू राख्दै संघ, प्रदेश, र स्थानीय तहबीच सहकार्यका लागि नीति निर्माणमा ध्यान दिनुपर्ने कुरा उल्लेख गरे ।
मन्त्री पाठकले भौगोलिक परिस्थिति, जनसंख्या, आर्थिक भार, स्वास्थ्य समस्या, र रोगको प्रकृतिलाई ध्यानमा राखी स्थानीय तहमा ५, १०, वा १५ शय्याको आधारभूत अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले अन्तर तह लागत साझेदारी प्रणालीमार्फत यी अस्पतालहरू सञ्चालन गर्ने नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त समेत गरे ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा काठमाडौँमा जारी बैठकमा मन्त्री प्रदीप पौडेलसहित सातै प्रदेशका स्वास्थ्य मन्त्री, सचिव, विभागीय प्रमुख र महानिर्देशकहरूको उपस्थिति छ ।
मन्त्री पाठकले आधारभूत अस्पताल सञ्चालनका लागि अन्तर तह सहकार्य जरुरी भएको बताए । उनले यसका लागि भूगोल, जनसंख्या, आर्थिक भार, र व्यवस्थापन क्षमतालाई आधार मानी दुई वा बढी स्थानीय तहका रणनीतिक स्थानमा आधारभूत अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
साथै संघीय सरकारले न्यूनतम आवश्यक जनशक्ति र उपकरणको सुनिश्चितता गर्ने, भने प्रदेश र स्थानीय तहले थप व्यवस्थापनमा साझेदारी गर्नुपर्ने उनको भनाइ थियो । आधारभूत अस्पतालहरूको अनुगमन र सुपरिवेक्षणका लागि प्रदेश र स्थानीय तह सम्मिलित संयन्त्र बनाउनुपर्नेमा उनले आवश्यकता औँल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल