काठमाडौं । यो साता सेयर बजार २.५५ प्रतिशत बढेको छ । गत साता २५८८ मा रहेको बजार यो साता ६६ अंक बढेर २६५४ मा बन्द भयो । यो साता पहिलो दिन आइतबार १२.५८ अंक बढेको बजार सोमबार ६.७८, मंगलबार ५.०८ र बुधबार ५२.३६ अंक बढ्यो । अन्तिम कारोबार दिन बिहीबार ११.१० अंक घट्यो ।
बजार बढ्दा कारोबार रकमले पनि साथ दिएको छ । आइतबार ६ अर्ब २५ करोड, सोमबार ६ अर्ब ५७ करोड, मंगलबार ६ अर्ब १९ करोड, बुधबार ९ अर्ब २० करोड र बिहीबार ७ अर्ब ८५ करोडको भयो ।
यो साता फाइनान्स बाहेक सबै सेक्टर बढेका छन् । फाइनान्स सेक्टर भने २.८४ प्रतिशत घट्यो । गत साता पनि यो सेक्टर सबैभन्दा धेरै घटेको थियो । यो साता अन्य सेक्टर सबैभन्दा धेरै ९.४० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार