काठमाडौं । संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भएको करिब एक वर्षपछि दफावार छलफल सुरु भएको छ । २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि बिहीबारदेखि संसदीय समितिमा दफावार छलफल सुरु भएको हो ।
प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको विधेयकमाथि विभिन्न सरोकारवालासँग छलफल गरेर सकेपछि समितिले बिहीबारदेखि दफावार छलफल सुरु गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी गराए । उनका अनुसार विधेयकको प्रस्तावनामा नै ३२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
छलफलको सुरुमा नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेकपा ९एमाले०का सांसद रघुजी पन्त, नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामांगले संशोधन प्रस्ताव दर्ता अनुसार प्रस्तावित प्रस्तावनामा संशोधन गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणिन्द्र गौतमले संशोधनकर्ताले दर्ता गराएका संशोधन पनि अनुपयुक्त नरहेको भन्दै त्यसलाई समेटेर जाँदा पनि कुनै फरक नपर्ने बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले प्रस्तावित प्रस्तावना नै ठिक भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय निजामती सेवा विधेयक सच्याउन सचिवसहितका कर्मचारीको माग
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न विशेष समितिले पायो २१ दिनको समय
संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रिय सभामा टेबुल
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस गरिने
संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी