काठमाडौँ । संघीय राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल भएको छ ।
बुधवार बसेको सभाको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन्।
यही भदौ १७ गते राष्ट्रिय सभाले यो विधेयक पारित गरेको थियो । प्रतिनिधि सभाबाट गत असार १५ गते पारित भएर राष्ट्रिय सभामा गएको थियो ।
राष्ट्रिय सभाबाट समेत पारित भएर पुनः प्रतिनिधि सभामा आएको हो ।
राष्ट्रिय सभाबाट निजामती सेवा विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा टेबुल भएपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रूपान्तरित भएर लागू हुन्छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय निजामती सेवा विधेयक सच्याउन सचिवसहितका कर्मचारीको माग
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न विशेष समितिले पायो २१ दिनको समय
संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रिय सभामा टेबुल
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस गरिने
संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी