रुपन्देही । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका हुन् ।
उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।
यसको प्रतिवादका लागि केही कानुन व्यवसायीको साथमा मङ्गलवार साँझ नै उनी भैरहवामा आइपुगेका थिए । सूचना अधिकारी मरासिनीका अनुसार अदालती प्रक्रियाअनुसार केही समयमै कुन इजलासमा पठाउने निश्चित हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने
काठमाडौँ आइपुगे रवि लामिछाने