रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ।
गौर नगरपालिकाले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई माघ ८ गते मंगलवार देखि माघ ११ गते शुक्रवारसम्म जाडो बिदा गर्न निर्देशन दिएको हो।
पछिल्लो केही दिन देखि बढेको अत्यधिक चिसोको कारण विद्यालयमा पठनपाठनमा कठिनाइ हुने तथा विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने हुँदा बिदा दिइएको नगर शिक्षा संयोजक उत्तम कुमार उपाध्यायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
पछिल्लो केही दिन देखि बिहानै देखि चल्ने सितलहर संगै दिनभरी हुस्सु लाग्ने र घाम समेत नलागेर बढेको अत्यधिक चिसोको कारण रौतहटसँगै सिङ्गो मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन