उदयपुर (गाइघाट) । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताए ।
“सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालीन योजनासहित सरकारले कदम चाल्छ”, गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो । तर स्थायी रूपमा कटान रोक्न मित्र राष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने मन्त्री लेखकले उल्लेख गरे।
गृहमन्त्री लेखकले आज बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेका हुन् । तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री रमेश लेखकले बताए ।
उनीसँगै नेपाली काँग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं १ का सांसद डा.नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक