चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै नभएको दोहोर्याएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारको भविष्यवाणी गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला, नेता डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका हुन् । ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन । स्वाभाविक छैन । पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ,’ उनले भनेका थिए ।
प्रचण्डले यसोभन्दा कांग्रेस नेता भण्डारी मुसुमुसु हाँस्दै कानेखुसी गरिरहेको भिडियोमा देख्न सकिन्छ । यस्तै नेता कोइरालाले पनि सरकार ढल्न सक्ने सङ्केत गरे । राजनीतिमा सरकार तलमाथि हुनुलाई स्वाभाविक हुने उनको तर्क थियो ।
‘दुई ठुलो दल मिलेर स्टेबल सरकार दिने हाम्रो चाहना थियो । त्यसैले सरकार तलमाथि हुने सम्भावना कम छ । तर नहुने होइन राजनीति हो जे पनि हुन सक्छ’, उनले भने । यस्तै संविधान संशोधनको कुरा पनि सत्ता गठबन्धनले प्रस्ट पार्नुपर्ने बताए । त्यतिकै हचुवाको भरमा संविधान संशोधन नहुने उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?
डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण