काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार बेलुका चार बजे बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। पुस तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए ।
सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । साथै, बैठकले नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेकाले उनलाई दिने जिम्मेवारीका बारेमा समेत छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
एमाले सचिवालय बैठकमा उपाध्यक्षहरूले राखे धारणा, बाँकी छलफल भोलि हुने
एमाले सचिवालय बैठक शुक्रबार बस्ने
च्यासलमा एमाले सचिवालय बैठक
एमाले सचिवालय बैठक २ घण्टा पछि सर्यो