काठमाडौं। चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीको पहिचान भएको छ । कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले दिए । उनका अनुसार पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङका क्रममा भुजेलले युवकमाथि कुटपिट गरेका थिए ।
असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत छन् । सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनकै डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु